वाषिर्क प्रतिवेदन प्रस्तुत

प्रकाशित मिति: 0000-00-00

नेपाल ट्रष्टका संरक्षक सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनाल समक्ष नेपाल ट्रष्टका उपाध्यक्ष एवं मुख्यसचिव श्री माधव प्रसाद घिमिरेले २०६७ चैत्र १७ गते नेपाल ट्रष्टको आर्थिक वर्ष२०६६।६७ को वाषिर्क प्रतिवेदन पेश गर्नुभयो । प्रतिवेदन ग्रहण पश्चात सम्माननीय प्रधानमन्त्रीज्यूबाट ट-ष्टलाई स्पष्ट दूरदृष्टि एवं योजना तथा कार्यक्रमका साथ अघि बढाउने, स्वदेश तथा विदेशमा रहेको सम्पत्ति खोजविन कार्यलाई प्रभावकारी बनाउने र प्राप्त भएको तथा प्राप्त हुने सम्पत्तिको संरक्षण, सर्म्वर्द्धन तथा विकासका लागि बढी ध्यान केन्द्रीत गरी विशेष गरी दर्ुगम क्षेत्रमा शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रममा ट्रष्टका उपाध्यक्ष श्री माधव प्रसाद घिमिरे, कार्यकारी सचिव श्री शंकर प्रसाद कोइराला लगायत ट्रष्ट संचालक समितिका अधिकांश सदस्यहरुको उपस्थिती रहेको थियो ।