नेपाल ट्रष्टको प्रेस विज्ञप्ती

प्रकाशित मिति: 0000-00-00

नेपाल ट्रष्टको प्रेश विज्ञप्ती

२०६९ असार १४ गते । नेपाल ट्रष्टले नेपाल ट्रष्ट ऐन २०६४ बमोजिम ट्रष्टले आ.व. २०६७।६८ मा सम्पादन गरेका कार्यहरु, आम्दानी, खर्च, कार्यसम्पादनका क्रममा देखिएका समस्या र समाधानका उपायहरु समेटिएको आ.व. २०६७।६८ को वार्षिक प्रतिवेदन ट्रष्टका संरक्षक सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यू समक्ष आज मिति २०६९।३।१४ गतेका दिन ट्रष्टका अध्यक्ष एवं  उप(प्रधानमन्त्री तथा गृहमन्त्री माननीय श्री विजयकुमार गच्छदारज्यूले पेश गर्नुभयो । सो अवसरमा ट्रष्टका उपाध्यक्ष एवं नेपाल सरकारका मुख्य सचिव श्री माधवप्रसाद घिमिरे एवं ट्रष्ट संचालक समितिका सदस्यहरु र विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।

उक्त अवसरमा सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल ट्रष्टमा प्राप्त हुन आएका पूव राजा वीरेन्द्र तथा उनका परिवारका नाउमा रहेका सम्पत्तिहरु आर्थिक रुपबाट मात्र नभई ऐतिहांसिक एवं सांस्कृतिक महत्वको विषय पनि हो, यस्ता सम्पदाहरुको संरक्षण गर्दै राज्यले नै समग्र रुपमा मूल्यांकन गरेर हाम्रैतर्फबाट योजनाहरु तर्जुमा गरेर त्यसको समुचित प्रयोग हुनु पर्ने कुरामा जोड दिनु भयो । 

स्वर्गीय राजा वीरेन्द्रको परिवारकै वंश नाश भएको र उनको र उनको परिवारको सम्पत्ति राष्ट्रियकरण गरी राष्ट्रहितमा लगाउने गरी व्यवस्था भएतापनि संक्रमणकाल लामो भएकोले यो विषय ओझेलमा परेको बताउनु हुंदै यो विषयले ठूलो ऐतिहासिक र सांस्कृतिक महत्व राख्ने हुंदा सम्पत्ति खोजविन र उपयोगमा एचयअतष्खभ भै काम गर्न नेपाल ट्रष्टलाई निर्देशन दिनु भयो ।

ट?ष्टका कार्यकारी सचिव श्री श्रीधर गौतमले नेपाल ट?ष्टको विद्यमान कानूनी संरचना, उद्देश्य, सम्पादन भएका वार्षिक कार्यक्रमहरु, हालसम्म प्राप्त भएको चल, अचल सम्पत्तिको विवरण र ट?ष्टले सामना गरेका समस्याहरु र सुझावहरु प्रस्तुत गर्नु भयो ।
१.    नेपाल ट?ष्टको स्वामित्वमा हालसम्म देशका विभिन्न जिल्लामा जम्मा ६२४४(७(१(३ रोपनी क्षेत्रफलको घर जग्गा प्राप्त भएको । जसमध्ये चालु आ.ब.मा गोकर्णमा रहेको ११७९ रोपनी जग्गा नेपाल ट्रष्टको नाउमा थप प्राप्त हुन आएको छ ।

२.    हालसम्म नविल बैंक, होटल डेला अन्नपूर्ण र औद्योगिक विकास निगममा रहेको बोनस शेयर सहित जम्मा १,४२,५०३ कित्ता शेयर ट?ष्टको स्वामित्वमा रहेको छ ।

३.    हालसम्म लिजरभाडामा दिइएका विभिन्न सम्पत्तिहरुबाट रकम प्राप्त भै विभिन्न बैंकहरुमा खाता खोली, मुद्दती खातामा १३ करोड ३० लाख र चल्ती खाता (कल एकाउन्ट) मा ८० लाख ८५ हजार गरी कूल रकम १४ करोड १० लाख ८५ हजार राखिएको छ । त्यसै गरी विदेशी मुद्रा स्टर्लिङ्ग पाउण्ड ४४,०१५।०० पनि बैंकमा मुद्दती खाता खोली राखिएको छ ।


नेपाल ट्रष्टको कार्यालय
दरबारमार्ग, काठमाण्डौ ।
फोनः ४२२७७५९, ४२२०४५१