नेपाल ट्रष्टको स्थापना र सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको तत्कालीन अध्यादेश, २०६४ को दफा ३ अनुसार नेपाल ट्रष्टको स्थापना भै २०६४ साल मंसिर ६ गतेबाट कार्य प्रारम्भ गरेको हो ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९-(४) ले "राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र निजहरुको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ" भन्ने व्यवस्था गरे मुताविक नेपाल ट्रष्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी भई नेपाल ट्रष्ट स्थापना भएको देखिन्छ ।
नेपाल ट्रष्टको स्वामित्वमा हाल सम्म नेपालका बिभिन्न १२ जिल्लामा अचल सम्पति रहेका छन् । ति यस प्रकार छन्
१ काठमाण्डौ २ भक्तपुर ३ ललितपुर ४ काभ्रेपलान्चोक ५ सिन्धुपाल्चोक ६ मकवानपुर ७ नुवाकोट ८ धादिङ ९ चितवन १० कास्कि ११ सुर्खेत १२ धनकुटा
नेपाल ट्रष्टको स्वामित्वमा हाल सम्म १२ जिल्लामा कुल 21562–4–2–1 राेपनी अचल सम्पति रहेका छन्
नेपाल ट्रष्टलाई एक अविछिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्थाको रुपमा कानूनी वैद्यता प्रदान गरिएको छ । कानूनले ट्रष्टका कार्यहरु सञ्चालन र व्यवस्थापन गर्न छुट्टै सञ्चालक समितिको व्यवस्था गरेको तथा सञ्चालक समितिबाट नै ट्रष्टका सबै कार्यहरु सम्पादन हुने प्रावधान रहेकाेले सचालक समितिकाे गठन भएकाे देखिन्छ ।
संरक्षक
सम्माननीय प्रधानमन्त्री
नेपाल ट्रष्ट सञ्चालक समिति पदाधिकारीज्यूहरूको नामावली
नाम, पद तथा कार्यरत कार्यालय |
सञ्चालक समिति पदाधिकारी |
बालकृष्ण खाण |
अध्यक्ष |
|
सदस्य |
श्री सरजु कुमार बैद्य |
सदस्य |
श्री योङजोम शेर्पा |
सदस्य |
श्री प्रबिणराज दहाल |
सदस्य |
श्री नन्द बहादुर राेकाया |
सदस्य |
श्री बिष्णु राज ढकाल |
सदस्य सचिव |