Nepal Flag

नेपाल ट्रष्टको कार्यालय

कमलादी, काठमाडौँ

गते

सम्पति उपयोगको स्थिति

सम्पति विवरण:  

१.१. प्राप्त अचल सम्पत्तिहरुको उपयोग स्थितिः

नेपाल ट्रष्टको नाममा जग्गाधनी प्रमाण पूर्जा प्राप्त भएका सबै कित्ताहरुको फिल्ड अवलोकन गर्दा देहाय बमोजिम उपयोग भैरहेको जानकारी हुन आएको छ ।

काठमाडौ जिल्ला अर्न्तगत

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता 
संख्या

क्षेत्रफल
(रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

१.

महानगर-वडा नं.३, महाराजगञ्ज

१-७-०-१

पुरै जग्गा कम्पाउण्डवालले घेरिएको । वीचमा घर समेत भएको, लाजिम्पाटबाट चक्रपथचोक जाने मूलबाटोमा अवस्थित, निर्मल निवासको सुरक्षार्थ खटेका नेपाली सेनाले वसोवास गरी आवासको रुपमा प्रयोग गरिरहेको ।

 

 

२.

बालाजु-८क (हाल इचंगु)

२७

१०-६-१-०

स-साना कित्तामा छरिएर रहेका । मोहीले खेती तथा वसोवासमा प्रयोग गरिरहेको ।

 

३.

महानगर-वडा नं.१२, टेकु, बुद्धवारी

१९-१२-०-०

कालिमाटी-टेकु, गणेशमानपथमा अवस्थित चाररैतर्फ कम्पाउण्ड वालले घेरिएको । टाउन डेभलपर प्रा.लि.द्वारा सञ्चालित काठमाडौं विजनेश पार्कको नाममा आधुनिक भवनहरु पूर्ण व्यापारिक प्रयोजनमा भाडामा प्रयोग भईरहेको । हाल लिजमा दिइएको । लिज अवधि ३० वर्ष। वि.स. २०५३।१२।२८ देखि २०८३।१२।२७ सम्म

 

 

४.

महानगर-वडा नं.१३, कालिमाटी, ताहाचल

११

५९-४-१-३

सबै जग्गाहरु कम्पाउण्ड वालले घेरिएको र व्यवसायिक महत्व राख्ने यी जग्गा विभिन्न व्यापारिक तथा सामाजिक काममा प्रयोग भईरहेको ।

 

५.

महानगर- वडा नं.१६, वालाजु

१२२-१५-३-३

काठमाडौं-त्रिशुली जाने बाटोसंग जोडिएको व्यापारिक प्रयोजनमा प्रयोग हुन सक्ने खुलारुपमा रहेको खाली जग्गा ।

 

महानगर-वडा नं.२९, सामाखुशी

०-९-०-०

ठमेलबाट गोङ्गबुचोक जाने सामाखुशी ठाडोबाटोबाट पश्चिम गोरेटो बाटोमा पर्ने गल्को पाखामा अवस्थित, मोहीले घर तथा वसोवासको रुपमा प्रयोग गर्दै आएको ।

 

दक्षिणकाली नगरपालिका (पहिला शेषनारायण - २, फपिङ्ग)

६८-१२-०-०

काठमाडौंबाट दक्षिणकाली जाने पक्की मोटरबाटोसंग जोडिएको । त्रिभुवन आदर्श मा.वि.ले प्रयोग गरिरहेको ।

 

सतुङ्गल -१

१-६-१-०

मोहीले खेतीवालीमा प्रयोग गरिरहेको

 

मातातिर्थ -१ क, ख

३४

५९-१-३-० ख

स-साना कित्तामा छरिएर रहेको । मोहीले खेती तथा वसोवासमा प्रयोग गरिरहेको ।

 

 

१०

थानकोट महादेव स्थान-४क, ख,ग

४३

१०२-०-३-०

स-साना कित्तामा छरिएर रहेको । मोहीले खेती तथा वसोवासमा प्रयोग गरिरहेको ।

 

११

महानगर- वडा नं. १

१-१४-१-०

दरवारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ्ग प्रा.लि.द्वारा सञ्चालित दरबार मल व्यापारिक भवन व्यापारिक प्रयोजनमा भाडामा प्रयोग भईरहेको । हाल लिजमा दिइएको । लिज अवधि ३० वर्ष। वि.स. २०७४।०२।१४ देखि वि.सं. २१०४/२/१४ सम्म।

 

१२

महानगर- वडा नं. २

३१

५-०-२-०

काठमाडौं प्लाजाको नामबाट परिचित कमलादीस्थित आधुनिक भवन जसलाई विभिन्न सेवामुलक तथा मनोन्जनात्मक कार्यालयहरु व्यापारिक रुपमा संचालन गर्न सकिने छ । हाल खाली अवस्थामा रहेको । 

 

१३

गोकर्णेश्वर नगरपलिका

२७९२-०-३-१

प्रसिद्ध गोकर्ण जंगल पर्खाल तथा तारवारले घेरिएको उक्त जग्गा गोकर्ण फोरेस्ट रिसोर्ट प्रा.लि . ले ३० वर्षो लागि लिजमा लिइ अन्तर्राष्ट्रियस्तरको पर्यटन, गल्फ कोर्स तथा होटेल रिसोर्ट निर्माण गरी संचालन गरिरहेको । लिज अवधि ३० वर्ष।  सन् १९९५।८।१६ देखि २०२५।८।१५ सम्म । उक्त प्रा.लि संग लिज अवधिको म्याद थप भइ सन् २०५०/८/१४ सम्मको लागि गोकर्ण फोरेस्ट रिसोर्ट संग सम्झौता भएको

 

 

सम्पति विवरण भक्तपुर : 

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता संख्या

क्षेत्रफल
(रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

१.

भक्तपुर नगरपालिका (पहिला कटुञ्जे -९ ख)

१०८-२-१-०

अरनिको राजमार्गसंग जोडिएको,पूर्वमा भक्तपुर शहर जाने बाटो, पश्चिममा कच्ची मोटरबाटो, उत्तरमा हनुमन्ते खोला, दक्षिणमा अरनिको राजमार्गमा पर्ने खुला रुपमा रहेको व्यापारिक प्रयोजनको लागि महत्वपूर्ण हुँदाहुदै पनि हाल प्रयोगमा नभएको ।

 

 

  

सम्पति विवरण नुवाकोट : 

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता संख्या

क्षेत्रफल (रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

थानसिंह -१

६५-११-०-२

उत्तरमा लिखु खोला जानेबाटो, दक्षिणमा रानीपौवा जानेबाटोमा अवस्थित बगैंचा तथा खेतीवाली मा प्रयोग भइरहेको ।

 

 

सम्पति विवरण धनकुटा : 

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता संख्या

क्षेत्रफल 
(रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

चुलिवन -५

१९४-०-०-०

पूर्व, उत्तर र दक्षिणमा तीनर्तर्फ कच्ची मोटर बाटो भएको । प्रायःजसो सीमानामा तारबार लगाएको र केही जग्गामा निजामती आवाशीय विद्यालयले प्रयोग गरिरहेको  ।

 

 

सम्पति विवरण मकवानपुर :  

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता 
संख्या

क्षेत्रफल 
(रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

हेटौडा -१०

२६-१-०-३

पूर्व-पश्चिम राजमार्गसंग जोडिए को हेटौडा बजारस्थित वनविज्ञान अध्ययन संस्थान र भुटनदेवीमार्ग को वीचमा बसोवास को रुपमा प्रयोग भएको र चारैतिर कम्पाउण्डवालले घेरिएको महत्वपूर्ण व्यापारिक काममा प्रयोग हुन सक्ने हाल नेपाली सेनाले सुरक्षा दिइरहेको ।

 

 

सम्पति विवरण काभ्रेपलान्चोक:  

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता संख्या

क्षेत्रफल -रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

पांचखाल ३

९-१५-३-१

पांचखाल गा.वि.स. वार्ड नं. ३ स्थित कित्ता नं. १८३ र १८४ को जग्गामा खावाचोकबाट पूर्वतिर करीव २ कि.मि. टाढा कच्ची मोटर बाटोसंग जोडिएको, हाल विना प्रयोजन बुट्यानको रुपमा रहेको, भविष्यमा पर्यटकीय प्रयोजनमा प्रयोग हुन सक्ने सम्भावना रहेको ।